काठमाण्डौ । सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेडले सेयरधनीलाई ८.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको भदौ २७ गते बसेको १३३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.०३६३९७३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो हिसाबले बैंकले १ करोड ५२ लाख ५५ हजार ३ सय रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ५६ लाख १० हजार ५ सय ८३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् । 

हाल यो बैंकको चुक्तापूँजी ५० करोड ८५ लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि चुक्तापूँजी बढेर ५२ करोड माथि पुग्नेछ ।