काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा १०३.०२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । समीक्षा अवधिमा संस्थाले २ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यही अवधिमा संस्थाले १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले ३ करोड ८८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन गत वर्ष यही अवधिमा १ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमासमा संस्थाले ६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन गत वर्ष यही अवधिमा २ करोड ७९ लाख रुपैयाँ थियो । 

यो अवधिमा संस्थाले ५६ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार १५४.६२ प्रतिशतले बढाएको छ। गत वर्ष यही अवधिमा १ करोड ३१ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ११ करोड २० लाख रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६.२५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६२ रहेको छ ।