काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयरबजारमा हरियाली छाएको छ ।

नेप्से परिसूचक ४५.११ अंकले बढेर १९०५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै १३ वटै उपसूचकहरुमा बृद्धि भएको छ । सर्वाधिक लाइफ इन्स्योरेन्स इन्डेक्स ४.४४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, नन–लाइफ इन्स्योरेन्स इन्डेक्स समेत ३.६७ प्रतिशतले बृद्धि भएको छ । 

आज सर्वाधिक बीमा कम्पनीका सेयरभाउहरु उचालिएका छन् । बीमा कम्पनीहरुमध्ये आज सर्वाधिक सेयरभाउ बढ्ने कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ ।

कम्पनीको सेयरभाउ ७.४६ प्रतिशत अर्थात् ३५ रुपैयाँले बृद्धि भई सेयरभाउ ५०४ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आइएमई लाइफको ७.१९ प्रतिशत, रिलायबल नेपाल लाइफको ६.८२ प्रतिशत, हिमालयन लाइफको ६.७९ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६.५१ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ५.८६ प्रतिशत, सिटिजन लाइफको ५.३५ प्रतिशतले बढेको छ ।

यसैगरी, नेशनल लाइफको ४.९३ प्रतिशत, नेको इन्स्योरेन्सको ४.६६ प्रतिशत, सन नेपाल लाइफको ४.५९ प्रतिशत, सूर्यज्योति लाइफको ४.२३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.१४ प्रतिशत, एशियन लाइफको ३.८८ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको ३.७४ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, नेपाल लाइफको ३.५६ प्रतिशत, एनएलजीको ३.३६ प्रतिशत, सलिकोको ३.०३ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.८८ प्रतिशत, शिखर इन्स्योरेन्सको २.७२ प्रतिशत, एलआईसी नेपालको २.३६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.९५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.९४ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.८४ प्रतिशतले बढेको छ ।
सेयरभाउ बढेसँगै आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा ६ वटा बीमा कम्पनीहरु परेका छन् । प्रिमियममा आईपीओ जारी गरेका चारवटा जीवन बीमा कम्पनीको सेयरभाउ लामो समयपछि बढेसँगै आज सर्वाधिक कारोबार भएको छ । 

सबैभन्दा बढी रिलायबल नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सिटिजन लाइफको ६ करोड ३४ लाख, आइएमई लाइफको ५ करोड ९८ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको ५ करोड ६६ लाख, हिमालयन लाइफको ५ करोड ५१ लाख र सन नेपाल लाइफको ५ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।