काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै साइजका सेयर धितो कर्जाको जोखिम भार नघट्ने प्रष्ट पारेका छन् ।
मौद्रिक नीतिको विषयमा पत्रकार सम्मेलनमा बोल्दै उनले जोखिमभार पुनरावलोकन गरिने भनिएको विषयमा थप प्रष्ट पारेका हुन् ।
उनले मौद्रिक नीतिपछि आउने सर्कुलरमा सेयर धितो कर्जाको हकमा ५० लाखसम्मको ऋण लिनेको हकमा जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा सीमित गर्न खोजिएको प्रष्ट पारे । यसअघि २५ लाखसम्मको कर्जाको रिस्क वेट १०० प्रतिशत थियो भने त्यसभन्दा माथिको कर्जाको रिस्क वेट १५० प्रतिशत थियो । अब भने ५० लाखसम्मको रिस्क वेट १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जाको रिस्क वेट भने १५० प्रतिशत नै यथावत रहेको गभर्नरको भनाई छ ।
यस्तै, गभर्नर अधिकारीले रियल स्टेटसँग सम्बन्धित सबै साइजका कर्जाको जोखिमभार नघट्ने प्रष्ट पारेका छन् । उनले स्वीकृति लिएर आवासीय निर्माणका लागि लोन लिनेहरुको हकमा रिस्क वेट १५० बाट १०० मा सीमित गरिएको र सबैखालको रियल स्टेट कर्जाको रिस्क वेटेज १०० मै सीमित भएको मान्न नहुने बताए ।
अधिकारीले अटो लोनमा पनि थ्रेस होल्ड राखेर रिस्क वेटेज घटाइएको प्रष्ट पारे । उनका अनुसार २५ लाख र त्यस वरिपरिको हायर पर्चेज लोन लिनेहरुको हकमा रिस्क वेटेज १५० को साटो १०० प्रतिशत कायम गरिएको प्रष्ट पारे । 'सानो सानो थ्रेसहोल्डमा हामीलाई सहज बनाउन खोजेका हौं ।'-उनले थपे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19