काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले घरेलु लघुवित्तसँगको मर्जरलाई अनुमोदन गरेको छ। 

संस्थाले आज बाराको सिमरास्थित होटेल क्लासिकमा भएको सातौँ वार्षिक साधारणसभाले घरेलु लघुवित्तसँगको मर्जर प्रक्रिया अनुमोदन गरेको हो। मर्जर प्रक्रियालाई कायम गरिएको समता र घरेलुबीचको १००ः८० सेयर स्वाप रेसियोलाई सभाले अनुमोदन गरेको छ। 

सोही सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल २६.३२ प्रतिशत लाभांश पारित गरेको छ। जसमा २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद रहेको छ। 

समता १० जिल्लामा २४ वटा शाखामार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको राष्ट्रियस्तरको लघुवित्त संस्था हो। हाल यसको चुक्तापुँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँ रहेको छ।