काठमाण्डौ । विश्वविख्यात इलेक्ट्रिक कार निर्माता टेस्ला कम्पनीले सुरक्षा कमजोरीको कारण देखाउँदै ५३ हजार ८२२ कार बजारबाट फिर्ता ल्याउने भएको छ।
यो कम्पनीको कारमा रोलिङ स्टपको इस्यू देखिएको हो। यो कारमा सेल्फ ड्राइभिङको बेटा सफ्टवेयर जडान गरिएकोमा समस्या देखिएपछि कम्पनीले ठूलो मात्रामा फिर्ता बोलाएको हो।
टेस्लाले समस्या देखिएका त्यस्ता कारलाई कम्पनीमा यही वर्षको मार्च २२ भित्र फिर्ता ल्याउन आफ्ना ग्राहकलाई अनुरोध गरेको छ।
यही कारणले कम्पनीको सेयरमूल्यमा ०.८ प्रतिशतको गिरावट आएको छ।
यसअघि जर्मन कम्पनीले पनि मर्सिडिज कारमा सेफ्टी इस्यू देखाउँदै यसरी नै ठूलो मात्रामा कार फिर्ता गरेको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19