काठमाण्डौ । समीट माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई मालामाल बनाउने अफर सार्वजनिक गरेको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ३४.४८ प्रतिशत बोनस सेयर, १०.५२ प्रतिशत नगद लाभांश र बोनस सेयर कर प्रयोजनका लागि आवश्यक १.८१४ प्रतिशतले हुन आउने नगद लाभांश वितरणको निर्णय गरेको छ ।

 

कम्पनीको भदौ ३० गते सम्पन्न १५५ औं संचालक समितिको बैठकले सो निर्णय गरेको हो । यो निर्णय अनुसार समीटले २ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर, ७६ लाख ३१ ह्जार ५ सय ७८ रुपैयाँ बराबरको नगद लाभांश र कर प्रयोजनका लागि १३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि यो निर्णय कार्यान्वयनमा आउनेछ ।

गतवर्ष यो माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।