काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ८ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १००.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १०२.३० प्रतिशतले बढेर १३ करोड ५० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ६७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ८१.५९ प्रतिशतले बढेर १७ करोड ९५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ९ करोड ८८ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ३३.३४ प्रतिशतले बढेर १९ करोड ३० लाख रुपैयाँमा उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १४ करोड ४७ लाख रुपैयाँ भएको थियो। 

संस्थाले खराब कर्जा (एनपीएल)मा सामान्य सुधार गर्दै २.३५ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल ३.९४ प्रतिशत थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४.४४ रुपैयाँ रहेको छ। पीई रेसियो ३८.६४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३९.०७ रुपैयाँ रहेको थियो।