काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको तुलनामा २८.०२ प्रतिशतले खुद नाफा बढाएको हो। गत आर्थिक वर्षको यही अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाले ५ करोड २४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। 

दोस्रो त्रैमासमा संस्थाका खुद ब्याज आम्दानी ८ करोड ९९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७ करोड २१ लाख रुपैयाँ रहेको थियो। 

संस्थाले ८१ करोड ४ लाख रुपैयाँ निक्षेप गरी १ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६९ करोड ७० रुपैयाँ निक्षेप गरी १ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले गत वर्षको यही अवधिका तुलनामा ९२.८६ प्रतिशतले बढाएर जगेडा कोष १३ करोड ७९ लाख रुपैयाँको पुर्याएको छ। गत वर्ष संस्थाको जगेडा कोषमा ७ करोड १५ लाख रुपैयाँ थियो। 

संस्थाको चुक्तापुँजी २१ करोड रहेको छ। 

संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १५.८९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४१.२७ गुणा रहेको छ।