काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ११ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाको समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा २०१.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले १९ करोड १ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा भने संस्थाको सञ्चालन मुनाफा ६ करोड २४ लाख रुपैयाँ थियो।

संस्थाको खुद ब्याज आम्दानी २९ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १७ करोड २ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ८० करोड रुपैयाँ सापटी लिई ४ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ६७ करोड २४ लाख रुपैयाँ सापटी लिई १ अर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १२५.९२ प्रतिशतले बढेर २१ करोड ७८ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ९ करोड ६४ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ३९ करोड ४३ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३०.३८ रुपैयाँ रहेको छ। पीई रेसियो ५५.७९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५५.२५ रुपैयाँ रहेको छ।