काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

सभा कम्पनीको प्रधान कार्यालय रहेको हेटौडा, मकवानपुरको होटेल एभोकाडो “अर्किड रिसोर्ट”मा सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको हो । 

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने,  वासलात, नाफानोक्सान र नगदप्रवाह विवरणमाथि छलफल गर्ने, आ.व. २०७९/८० लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफल भएको थियो।

साथै, सञ्चालक समितिको लागि संस्थापक समूहतर्फबाट १ (एक) जना र सर्वसाधारण समूह तर्फबाट १ (एक) जना संचालकको निर्वाचन भएको हुँदा संस्थापक समूहबाट सुदिप घिमिरे र सर्वसाधारण समूहबाट दुर्गा थापा निर्वाचित भएकी छिन् । 

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनउपर सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुखकार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।