काठमाण्डौ । एनआइसी एशिया बैंकले सर्लाहीको हरिपूर्वा गाउँपालिका वडानम्बर ५ बजार चौकमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

जेठ २९ गते एक समारोहका बीच हरिपूर्वा गाउँपालिकाका मेयर सियाराम रायले सो शाखाको उद्घाटन गरेका हुन् ।

अब यो बैंकका मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग रहेका छन् । 

बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११८ अर्ब र कुल निक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।