Vineet Vig
काठमाण्डौ । जीवनमा सफलता पाउनु र धेरै धनदौलत भेला पार्नुको मतलब तपाईंलाई सबैथोक प्राप्त भएको भन्ने हुँदैन । कर्पोरेट विश्वमा यस्ता घटना पनि भएका छन्, जो अत्यन्त सफल भएका थिए, जसको जीवन अरुका लागि लोभलाग्दो थियो र कमाई र शान सौकत पनि उस्तै थियो, तर तिनै सफल मानिसहरुले आफ्नो जीवन अल्पायूमै अन्त गरिदिने कठोर निर्णय लिएका छन् । यो सूचिमा नयाँ नामको रुपमा इन्साइक्लोपेडिया ब्रिटानिकाका सीओओ विनित विगको नाम समेत थपिएको छ । प्रहरीका अनुसार विनित बिगको सुसाइड नोटमा उनले आफ्नो जिन्दगीबाट आफू चरम निराश भएको र दिक्क बनेको उल्लेख गरेका छन् । उनी मात्र होइन, सफलताको शिखरमा पुगेर पनि आत्महत्याको बाटो रोज्नेमा टाटा मोटर्सका प्रबन्ध निर्देशक कार्ल स्लिम र बलिवड अभिनेत्रीका व्यापारी पति मूकेश अग्रवाल जस्ता टप कार्यकारीले समेत आत्महत्याकै बाटो रोजेका छन् ।
विनित विग
अन्तर्राष्टि!य कम्पनी इन्साइक्लोपेडिया ब्रिटानिकाका प्रमुख संचालन अधिकृत(सीओओ) विनित विगले भारतको गुडगाउँमा रहेको आफ्नो सोसाइटी बिल्डिङको १९ औ तलाबाट हामफालेर आत्महत्या गरे । उनी सो बिल्डिङको डिएलएफ फेज ३ मा बस्ने गर्थे । विगको साथबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको थियो । त्यसमा बताइएको छ कि ४७ वर्षीय विग आफ्नो जिन्दगीबाट निकै वाक्क बनेका थिए । उनी मर्निङ वाकका लागि भन्दै घरबाट निस्किएका थिए ।
पुलिसका अनुसार विग आफ्नो परिवारको साथ ‘ब्लक डी’मा रहँदै आएका थिए । तर उनले ब्लक सीको १९ औ तलाबाट छलाङ मारे र आफ्नो जिन्दगीलाई अन्त गरिदिए । बिहीबार सफाई गर्ने क्रममा बिहान ९ बजे बिल्डिङ परिसरमा पुगेका सफाई मजदूरहरुले उनको मृत शरीर फेला पारेका थिए ।
कार्ल स्लिम
टाटा मोटर्स कम्पनीका प्रबन्ध निर्देशक कार्ल स्लिमले सन् २०१४ मा बैंकको ‘शंघाई ला’ होटलबाट फाल हानेर आत्महत्या गरेका थिए । त्यहाँका एक कर्मचारीले स्लिमको शव चौथो तलाको बरण्डामा भेटेका थिए । उनी २२ औं तलाबाट तल झरेका थिए । ब्रिटेनका नागरिक स्लिम थाइल्याण्डमा कम्पनीको निर्देशक मण्डलको बैठकमा सहभागी हुन आएका थिए । प्रहरीले घटनास्थलमा एक सुसाइड नोट फेला पारेको थियो । टाटा मोटर्सको कारोबारमा मन्दी आएको बेला दक्षिण एशियाको बजार प्रवद्र्धनको जिम्मासहित कम्पनीले उनलाई खटाएको थियो । सन् २०१२ देखि टाटा मोटर्समा जोडिएका उनी आफ्नो रणनीतिमा सफल पनि थिए ।
मूकेश अग्रवाल
बलिउड अभिनेत्री रेखाले सन् १९९० मा सफल व्यवसायी मूकेश अग्रवालसँग विवाह गरेकी थिइन् । तर दुर्भाग्य, सन् १९९१ मै मूकेश अग्रवालले आत्महत्या गरे । मूकेश सो समय चर्चित हटलाइन ग्रुप तथा निकिताश ब्राण्डका मालिक थिए । विवाहको एकवर्षपछि नै रेखाका पति मूकेशले पासो लगाएर आत्महत्या गरेका थिए । त्यसबेला प्रकाशित समाचार अनुसार जुन सलको पासो बनाएर मूकेशले आत्महत्या गरेका थिए, त्यो सल रेखाको थियो । रेखा र मूकेशबीचको सम्बन्धमा किन तिक्तता आयो भन्ने बिषयमा पनि सो बेला भारतीय मिडियाहरुमा निकै ठूलो चर्चा भएको थियो ।
रइजने हुवाई
निकै ठूलो सफ्टवेयर तथा डाटा स्टोरेज कम्पनी फेल्कानस्टोरका पूर्व सीइओ तथा प्रेसिडेन्ट रईजेन हुवाईले सन् २०११ को सेप्टेम्बरमा आफैंले आफूलाई गोली हानी आत्महत्या गरेका थिए । उनले सन् २०१० मा अचानक कम्पनीबाट राजीनामा दिएका थिए । कम्पनीका प्रवक्ताले सो समय भनेअनुसार हुवाईले आफ्नो २०.५ लाख डलरको भव्य महल अगाडि नै आत्महत्या गरेका थिए ।
जोनेथन ब्रेथ
सन् २००९ मा ३५ वर्षका युवा अर्बपति जोनेथन ब्रेथले आफैंले गोली हानेर आत्महत्या गरेका थिए । उनले त्यसको दुई वर्षअघि पोर्टेबल क्याबिन बिजिनेशलाई करिब ५ सय करोड रुपैयाँमा बिक्री गरेका थिए । जोनेथन यो व्यापार आफ्नो बुबाको साथमा गर्थे । उनले घरमा क्रिसमस पार्टी आयोजना गरेका थिए र आफन्त तथा साथीभाईलाई निमन्त्रणा समेत गरेका थिए । क्रिसमस पार्टीको भव्य तयारी भइरहेको बेला पार्टी सुरु हुने भनिएको समय भन्दा ठीक एकघण्टाअगाडि उनले आफूले आफैंलाई गोली हानेर आत्माहत्या गरेका थिए ।
एजेन्सीबाट भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago