काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से इण्डेक्स ५.१९ अंकले बढेर १९७६ विन्दुमा कायम भएको छ । 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१७ प्रतिशतले बढेर ३७८.०६ विन्दुमा पुगेको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुईबाहेक सबै सब–इन्डेक्समा हरियाली छाएको छ । आज जीवन बीमा उपसूचक ०.०९ प्रतिशत र निर्जीवन बीमा सब–इन्डेक्स ०.१४ प्रतिशतले बढेको छ । 

बीमा उपसूचकहरु बढ्दा आज सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरभाउ १.४३% ले बढेर ५५९ रुपैयाँ ९० पैसा पुगेको छ । 

त्यस्तै, सुर्यज्योति लाइफको १.११ प्रतिशतले बढेर ५३९ रुपैयाँ ४० पैसा, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.८३ प्रतिशतले बढेर ५००.१० रुपैयाँ, रिलायबल नेपाल लाइफको ०.७६ प्रतिशतले बढेर ४६६ रुपैयाँ, शिखर इन्स्योरेन्सको ०.६७ प्रतिशतले बढेर ७५२ रुपैयाँ, नेपाल लाइफको ०.४३ प्रतिशतले बढेर ६७४.५० रुपैयाँ, सानिमा रिलायन्स लाइफको ०.४१ प्रतिशतले बढेर ४९१ रुपैयाँ, सन नेपाल लाइफको ०.४१ प्रतिशतले बढेर ४६६.१० रुपैयाँ, नेपाल रिको ०.३० प्रतिशतले बढेर ६७० रुपैयाँ, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशतले बढेर ८४५.१० रुपैयाँ, नेशनल लाइफको ०.२३ प्रतिशतले बढेर ५६८.३० रुपैयाँ, एशियन लाइफको ०.२२ प्रतिशतले बढेर ६७४.५० रुपैयाँ, युनाइटेड अजोडको ०.१८ प्रतिशतले बढेर ६५६ रुपैयाँ, सलिकोको ०.११ प्रतिशतले बढेर ७०३.१० रुपैयाँ र हिमालयन लाइफको ०.०२ प्रतिशतले बढेर सेयरभाउ ४१९ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.५८ प्रतिशतले घटेर ५५४.१० रुपैयाँमा कायम भएको छ । 

त्यस्तै, नेपाल इन्स्योरेन्सको १.४४ प्रतिशत, सिटिजन लाइफको १.३८ प्रतिशत, आइएमई लाइफको १.१७ प्रतिशत, एलआइसी नेपालको ०.३६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१९ प्रतिशत र एनएलजीको ०.१२ प्रतिशतले सेयरभाउ घटेको छ । 

त्यस्तै, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा चारवटा जीवन बीमा कम्पनी परेका छन् । 

सिटिजन लाइफको १२ करोड, रिलायबल नेपाल लाइफको ४ करोड, सन नेपाल लाइफको ३ करोड र आइएमई लाइफको २ करोड माथिको कारोबार भएको छ ।