काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज बिहीबार स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ नै कायम भएको हो। हिजो बुधबार पनि प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ नै कायम भउको थियो। हिजो सुन तोलामै ५०० रुपैयाँ बढेको थियो। यो नेपालकै इतिहासमा सुनको उच्च मूल्य हो।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ। त्यसबीच सुनचाँदी व्यवसाय पनि चैत ११ गतेदेखि बन्द रहेकोमा गत जेठ २५ गतेबाट खुलेको थियो। त्यसयता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलोपटक घटेको थियो।
सुनको भाउ मंगलबार तोलामा ४०० रुपैयाँ गिरावट आएको थियो। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको थियो।
चाँदीको भाउ भने बिहीबार १० रुपैयाँले घट्दै प्रतितोला ९३५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार तोलामा ५ रुपैयाँ बढेर चाँदी प्रतितोला ९४५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19