काठमाण्डौ ।साताको दोस्रो दिन सोमबार सेयरबजारमा हरियाली छाएको छ ।

नेप्से परिसूचक ३६.५७अंकले बढेर २ हजार ५९ विन्दुमा पुगेको छ । 
 

नेप्सेमा सूचीकृत ३०९ वटा कम्पनीको १ करोड ३७लाख बढी कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६७ करोड रुपैयाँ माथिको कारोबार भएको छ । 
नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड समूहबाहेक सबै उपसमूहहरु बृद्धि भएका छन् ।

बीमा समूहका दुई वटै उपसमूह बढेको छ । जीवनबीमा उपसमूह ३.७२ प्रतिशत र निर्जीवन बीमा उपसमूह १.४२ प्रतिशतले बृद्धि भएको छ । 
आज सर्वाधिक कमाउने बीमा कम्पनीमा हिमालयन रिइन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर ३४० रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीको दोस्रो बजारमा सोमबारदेखि कारोबार सुरु भएको हो ।

 

त्यस्तै, सूर्यज्योति लाइफको ५.८८ प्रतिशत, सन नेपाल लाइफको ५.१४ प्रतिशत, सानिमा जीआईसीको ५.०५ प्रतिशत, हिमालयन लाइफको ४.८० प्रतिशत, आइएमई लाइफको ४.७२ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको ४.४२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ४.०३ प्रतिशत र नेशनल लाइफको ४.०२ प्रतिशतले सेयरभाउ बढेको छ ।
 

यसका साथै रिलायबल नेपाल लाइफको ३.९३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.८२ प्रतिशत, एशियन लाइफको ३.७४ प्रतिशत, सिटिजन लाइफको ३.५६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.३० प्रतिशत, नेपाललाइफको २.६८ प्रतिशत, युनाइटेड अजोडको २.४० प्रतिशतले बृद्धि भएको छ ।  
 

त्यस्तै शिखरको १.७५ प्रतिशत, हिमालयन एभरेष्टको १.५३ प्रतिशत, एलआईसी नेपालको १.५० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७० प्रतिशत, नेपालइन्स्योरेन्सको ०.६७प्रतिशत र नेको इन्स्योरेन्सको ०.६५ प्रतिशतले बृद्धि भएको छ ।  
 

आज सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को मात्रै सेयरभाउ घटेको छ । कम्पनीको सेयरभाउ ०.७१ प्रतिशतले घटेर ७०३ रुपैयाँ कायम भएको छ । 
 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीको ९ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।