काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।