काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

यो साताभरि भने सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ। गत शुक्रबार प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो। 

यो साताभरि भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।