काठमाण्डौ। युक्रेन र रुसको द्वन्द्व चर्किंदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी बढोत्तरी भएको छ।
युक्रेन र रुस द्वन्द्वका कारण अमेरिका, बेलायत तथा युरोपियन मुलुकहरुले रुसी तेलमा प्रतिबन्ध लगाएका छन्। हाल पश्चिमा मुलुकहरुले रुस एक्लाउँदै गएका छन्।
यसैबीच भारतका दुई उच्च अधिकारीले भारत सरकारले रुसबाट सस्तो मूल्यमा तेल आयात गर्नसक्ने जनाएका छन्।
भारतले विश्व बजारबाट ८० प्रतिशत तेल आयात गर्छ। जसमा ३ प्रतिशत रुसबाट मात्रै आयात गर्छ। भारत सरकारले मूल्य घटाएर दिएमा रुसी तेल आयात बढाउन सक्ने जनाएको छ।
नेपालले पनि भारतबाट तेल आयात गर्ने भएकोले यसलाई निकै चासोका हेरिएको छ। भारतले सस्तो मूल्यमा रुसी तेल आयात गरेमा नेपालमा पनि इन्धनको भाउ घट्न सक्ने अनुमान गरिएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19