काठमाण्डौ । सहयोगी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

बैंकको मंसिर १६ गते बसेको संचालक समितिको २६७ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई १७ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

अघिल्लो वर्ष यो बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।