काठमाण्डौ । सिटिजन्स बैंकसँग गाभिन लागेको सहयोगी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा १.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकले ३ करोड ७८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा बनाएको छ। 

दोस्रो त्रैमाससम्म बैंकले ८ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७ करोड ९४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकले १२ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ११ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

यो अवधिसम्म बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैैंकले ४ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार २१.१८ प्रतिशतले बढेको छ। गत वर्ष १० करोड ११ लाख रुपैयाँ रहेको रिजर्भ बढेर १२ अर्ब २५ करोड रुपैयाँको भएको छ। 

बैंकको खराब कर्जाको दर ०.३१ प्रतिशतले घटेको छ। गत वर्ष १.६३ प्रतिशत रहेको यो दर घटेर १.३२ प्रतिशतमा झरेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.०६ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८.९३ गुणा रहेको छ ।