काठमाण्डौ । दश जिल्ले विकास बैंक साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको असोज ६ गते बसेको बोर्ड बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २७ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको हो । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ

गौमुखी विकास बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंक गाभिएर बनेको बैंकको चुक्तापुँजी हाल ८६ करोड ८४ लाख रुपैयाँ पुगेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी एक अर्ब १० करोड पुग्नेछ । 

साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा २७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।