काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १८ प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । 

बैंकको भदौ १३ गते बसेको संचालक समितिको १८२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट  सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ३७ करोड ८६ लाख १५ हजार ४ सय रुपैयाँ रहेको छ । २४ करोड ८१ लाख ५० हजार ८ सय रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ६२ करोड माथि पुग्नेछ । 

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि घोषित बोनस सेयर सेयरधनीले पाउनेछन् ।