काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका संकटमा परेको अर्थव्यवस्था सुधार्न साउदी अरब सरकारले भ्याट तीनगुणा बढाउने निर्णय लिएको छ।

सरकारी न्युज एजेन्सीहरुका अनुसार नयाँ भ्याट आउँदो जुलाईले लागू हुनेछ। साउदी अरबमा भ्याट सन् २०१८ देखि लागू गरिएको थियो।

यसका साथै साउदी सरकारले आउँदो जुन महिनादेखि कर्मचारीहरु दिइने कस्ट अफ लिभिङ अलाउन्स रोक्ने निर्णय लिएको छ। 

कोरोनाभाइरस संक्रमणका कारण साउदी अरबको अर्थव्यवस्थामा नराम्रो प्रभाव परेको छ। कोरोना संकटकै कारण तेलको मूल्य आएको भारी गिरावटले साउदी अरबको अर्थतन्त्र नराम्ररी खस्केको छ। 

साउदी अरबमा हालसम्म कोरोना संक्रमणको मामिला ३९ हजारभन्दा बढी छ। – एजेन्सी