काठमाण्डौ । साउदी अरबले आउँदो अक्टोबरदेखि कच्चा तेलको मूल्य घटाउने भएको छ।

साउदी अरबको यो कदमबाट विश्वभर बढिरहेको कोरोनाभाइरसको संक्रमणका कारण हालै बजारमा बढ्न थालेको तेलको माग फेरि घट्न थालेको प्रस्ट हुन्छ। यसअघि पनि साउदी अरबले आफ्नो कच्चा तेलको मूल्य घटाएर ‘प्राइस वार’ सुरु गरेको थियो। जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा रेकर्डतोड गिरावट आएको थियो।

ब्लुमबर्गको रिपोर्टअनुसार साउदी अरबको सरकारी तेल कम्पनी आरमकोले जुनपछि पहिलोपटक एसियाका लागि आफ्नो अरब लाइटको मूल्य १.४ डलर प्रतिब्यारल घटाएको छ। त्यसपछि साउदी अरबद्वारा उपयोग गरिने बेन्चमार्कमा ५० सेन्ट कम भएको छ।  आरामकोले पश्चिमोत्तर युरोप र मेडिटरेयिन क्षेत्रका लागि आफ्नो तेलको मूल्यमा कटौती गर्ने तयारी गरिरहेको छ। 

आरामकोले अमेरिकाले अमेरिकामा पनि अक्टोबरदेखि बिक्री हुने तेलको मूल्य घटाएको छ। यो अप्रिलपछि अमेरिकाका लागि पहिलो मूल्य कटौती पनि हो। 

कोरोनाभाइरसका कारण सारा विश्वमा कारोबारी गतिविधि र सामाजिक जनजीवनमा रोक लगाइएका कारण यो वर्ष तेलको मागमा भारी गिरावट आएको छ। साउदी अरब, रुस र अन्य ओपेक प्लस सदस्य राष्ट्रहरुबचि गत अप्रिलमा तेलको उत्पादन दैनिक करिब १ करोड ब्यारल (विश्व बजारमा कुल आपूर्तिको करिब १० प्रतिशत) घटाउने सम्झौता भएको छ। त्यसपछि कच्चा तेलको मूल्य सम्हालिएको थियो र बेन्चमार्क ब्रेन्ट क्रुड मार्चमा सबैभन्दा न्यून मूल्यको दुईगुनाले बढेको थियो। 

कच्चा तेलको मूल्य अहिले पनि यो वर्षको हालसम्मकै सर्वाधिक मूल्यको तुलनामा ३५ प्रतिशतले घटेको छ। गत शुक्रबार ब्रेन्ट क्रुडको मूल्य ४२.६६ डलर प्रतिब्यारल रहेको थियो। – एजेन्सी