 
                     
                                
                             
                                    काठमाण्डौ । साउदी अरबले अब नयाँ वर्ष (सन् २०२१) बाट मात्र अन्तर्राष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध पूर्ण रुपमा हटाउने निर्णय लिएको छ।
अरब न्युजको खबरअनुसार साउदी अरबले आउँदा जनवरी १ बाट अन्तर्राष्ट्रिय यात्रामा लगाइएका प्रतिबन्ध पूर्ण रुपमा हटाउने निर्णय गरेका हो। साउदी अबरले भोलि (मंगलबार) बाट भने अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध आंशिक छुट दिनेछ। जसअनुसार केही विशेष परिस्थितिमा सीमित संख्यामा यात्रुहरुलाई हवाईयात्राको अनुमति दिइनेछ।
हाल कोरोना महामारीका कारण साउदी अरबमा अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाइएको छ। आउँदो जनवरी १ बाट भने स्थल, समुद्र र सीमा क्षेत्रमा आउनजान अनुमति दिइने साउदीको गृह मन्त्रालयले जनाएको छ। यसका लागि स्वास्थ्य मन्त्रालयले यात्रु र ट्रान्सपोर्ट प्रोभाइडरका लागि स्वास्थ्य सुरक्षा नियमका साथै विमानस्थल, बन्दरगाह र स्टेसनहरुका लागि पनि नियम लागू गरिनेछ।
अरब न्युजका अनुसार साउदी सरकारले हालसम्म त्यहाँ ९३ प्रतिशत कोरोना संक्रमित ठिक भइसकेको दाबी गरेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुल ३ लाख २५ हजार ६५१ जना संक्रमित भएकोमा ३ लाख २ हजार ८७० जना ठिक भएका छन्। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19