काठमाण्डौ । साउदी अरबले आफ्नो कच्चा तेलको आधिकारिक बिक्री मूल्य (ओएसपी) आउँदो वर्षको जनावरीबाट बढाउने सम्भावना रहेको देखिएको छ। यदि यस्तो भएमा साउदी अरबले एसियाली बजारमा पठाउने कच्चा तेलको मूल्य पनि बढ्नेछ।
रोयटर्सको एक सर्वेक्षणअनुसार चिसो मौसममा बढ्ने मागलाई पूरा गर्नका लागि रिफाइनर्सहरुले उत्पादन बढाउने हुँदा बेन्चमार्क कच्चा तेलको मूल्य बढ्ने भएकोले साउदीले पनि कच्चा तेलको मूल्य बढाउने अनुमान गरिएको हो। एसियाली रिफाइनर्सहरुका अनुसार साउदी अबरको मुख्य कच्चा तेल ग्रेड अबर लाइटको ओएसपी औसत ६५ सेन्ट प्रतिब्यारल वा ५० देखि ८५ सेन्टका बीच भाउ बढ्न सक्छ।
अन्य स्रोतका अनुसार साउदी हेभी ग्रेड्सको तुलनामा लाइटर ग्रेड कच्चा तेलको मूल्य धेरै बढ्न सक्छ। लाइटर ग्रेडमा धेरै मिड्ल डिस्टिलेट्स, ग्यासोलिन र जेट फ्युल हुन्छ। जुन यो महिना रिफाइनर्सका लागि धेरै नाफामूल्य हुन्छ।
साउदीको कच्चा तेलको ओएसपी आम रुपमा हरेक महिनाको ५ तारिखको आसपास जारी हुन्छ। यसले इरानी, कुवेती र इराकी मूल्यको ट्रेन्डको पनि निर्धारण गर्दछ। यसरी नै साउदीको कच्चा तेलको ओएसपीले एसियाली बजारमा दैनिक पुग्ने १.२ करोड ब्यारल कच्चा तेलको भाउ पनि प्रभावित हुन्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19