काठमाण्डौ । हिमालयन बैंकले आगामी साउन २ गतेदेखि रु.३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रका इकाई निश्कासन गर्ने भएको छ । 

बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र निश्कासन गर्ने भएको हो । 

ऋणपत्रमा छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका एकहजार दरका ३० लाख युनिट जारी गर्न खोजेको हो । ऋणपत्रको कुल युनिटमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तवरबाट बिक्री गरिने बैंकको भनाई छ । 

बैंकले निश्कासन गर्ने ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको हिसाबले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुने बताइएको छ । हिमालयन बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासन गर्न खोजेको हो । 

यसअघि बैंकले ७ बर्षे अवधिको 'हिमालयन बैंक लिमिटेड बण्ड-२०७७’ जारी गरेको थियो । बैंकले उक्त ऋणपत्रमा आठ प्रतिशत ब्याज उपलब्ध गराएको थियो ।

ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ । 

यो बैंकको ऋणपत्र खरीद गर्न चाहने लगानीकर्ताले आश्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।