काठमाण्डौ । यो साता नेप्से उच्च अंकले बढ्दा केहि कम्पनीले कुल पाँच कारोबार दिनमा ५६ प्रतिशतसम्म कमाएका  छन् । 

 

यो साता डोल्टी पावरका लगानीकर्ताहरुले ५६ प्रतिशतले कमाएका छन् । त्यसैगरि, बोट्र्लस नेपाल बालाजुका लगानीकर्ताहरुले ४६.४ प्रतिशत प्रतिशत कमाएका छन् । 

यो साता मोलुङ हाइड्रो पावरका लगानीकर्ताहरुले ३७.७ प्रतिशत, हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताहरुले ३४.५१ प्रतिशत, नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरुले ३१ प्रतिशत, आँखुखोला जलविधुत कम्पनीका लगानीकर्ताहरुले २७.७ प्रतिशत कमाएका छन् । 

त्यस्तै घलेम्दि हाइड्रोका लगानीकर्ताहरुले २६ प्रतिशत, मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले २६ प्रतिशत, एनएमबि माइक्रो फाइनान्सका लगानीकर्ताहरुले २५ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनी (हुर्जा) का लगानीकर्ताहरुले २३.२९ प्रतिशत कमाएका छन् ।