काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। 

बजारलाई क्यान्डल स्टिकबाट प्राविधिक रुपमा हेर्दा आज नेप्सेको चार्टमा ‘ग्रेभस्टोन डोजी’ बनेको छ। अंग्रजीको अक्षर ‘T’ लाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभस्टोन डोजी भनिन्छ। यदि सेयरको सुरु, न्यून र अन्तिम मूल्य बराबर तथा अधिकतम मूल्य बढी भएमा ग्रेभस्टोन डोजी बन्दछ। 

यस्तो क्यान्डलले बजार दिनभर क्रेताले प्रभावमा राखेको संकेत गर्छ भने कारोबारको अन्तिममा बजारलाई बिक्रेताले दबाबमा राखेर सूचक तथा सेयरमूल्य सुरुकै अवस्थामा पुर्याएको कुरालाई जनाउँछ। लामो समयको बियरिस ट्रेन्ड वा रातो मैनबत्ती क्यान्डलसँगै यस्तो क्यान्डल बनेमा बजारमा बिक्रेता हराउँदै गरेको, खरिद चाप बढेको र आगामी दिनमा बजार बढ्न सक्ने संकेत गर्छ। तर, लामो समयको बढ्दो बजारमा यस्तो आकृति देखिएमा भने बजार घट्न सक्ने संकेत गर्छ। 

आजको यस्तो क्यान्डल केही समय बजार घटेपछि बनेकोले बजार अप ट्रेन्ड जान सक्ने बुझिन्छ (माथि मुख्य तस्बिरमा होर्नुहोस्)। यस्तो आकृतिमा क्यान्डलको रङले  खासै अर्थ राख्दैन। 

यसअघि पनि यस्तै क्यान्डल बन्दा बजार बढेको थियो (हेनुहोस् हरियो एरो)। तर, यसको कन्फर्मेसनका लागि भने आगामी दिनमा बजार २११० भन्दा माथि–माथि कारोबार हुनुपर्नेछ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।