काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३३.२० विन्दुले घटेको छ । यो दिन नेप्से परिसूचक १९७१.२० अंकमा आएको छ । यस दिन २८४ ओटा कम्पनीको ८२ हजार ८०० पटकको कारोबारमा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँ बराबरको ६७ लाख २३ हजार कित्ता शेयर कारोबार भएको छ ।
गत बिहीवार घटेको बजारले यो दिन पनि निरन्तरता पाएको छ ।
यस दिन २८४ ओटा कम्पनीको ६७ लाख २३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः एनआईसी एसिया बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।
यस दिन ६ ओटा कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सनराइज फस्ट म्युचुअल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स र मेन्छियाम हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन स्वाभिमान लघुवित्त, अप्पर सोलु हाइड्रो, अप्पर लोहोरे खोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयर यसदिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी ११ वटा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
आज धेरै कमाउने कम्पनी
पहिलोमा सयपत्री हाइड्रोपावरको सकारात्मक लेभलमा कारोबार भएको छ ।
आज धेरै गुमाउने कम्पनी
सनराइज फस्ट म्युचुअल फण्ड, अपरहेवा खोला हाइड्रोपावर लिमिटेड, एशियन हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनीयरिंग हाइड्रोपावर लिमिटेड, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, मेन्छियाम हाइड्रोपावर लिमिटेड रहेका छन् ।
उच्च कारोबार हुने कम्पनीहरु
यो दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसी एशिया बैंक, सन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायबल नेपाल लाइफ इ्रन्स्योरेन्स कम्पनी लिमिटेड, शिवम सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।
बजार जानकार महेश रिजाल भन्छन्-आज बजार खासगरी दुई तीन ओटा कारणले घटेको छ ।लगानीकर्ताहरुले शुक्रवार नै नीतिगत १२ करोडको क्याप हट्ने आशा गरेका थिए ।त्यो अनुसार नहुँदा पनि बजारमा करेक्सन आएको छ । अर्को भनेको दसैंलगायत असोज मसान्तको प्रभाव पनि परेको छ ।ब्रोकरहरुको सेटलमेन्टको कारण पनि बजार घटेको हो ।अर्थमन्त्रीप्रति विश्वास नहुँदा स्मार्ट मनि बजारमा नआएको पनि रिजालले बताए ।
त्यसैगरी अर्का बजार जानकार सूर्यनारायण पौडेल पनि चाडपर्वको प्रभाव बजारमा परेको बताउँछन् ।विगतमा पनि चाडपर्वको बेला बजार घट्ने गरेको पौडेलले बताए । उनका अनुसार लगानीकर्ताले खर्चको जोहो गरेका हुन सक्छन् । लगानीकर्ताले १२ करोडको क्याप तत्कालै हट्ने आशा गरेकोमा त्यो अनुरुप नहुँदा पनि आज बजार घटेको हो ।लगानीकर्ताले अहिले सेयर बेचेर कामचलाउन थाल्दा त्यसको प्रभाव बजारमा परेको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19