 
                     
                                
                             
                                    काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २३.१६ अंकले घटेको छ।
गत साताको अन्तिम कारोबार दिन २०.१६ अंकले बढेको बजार सोमबार भने २३.१६ अंकले घटेर १ हजार ८५१.४३ को विन्दुमा आइपुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३८ अंकले घटेर ३५५.७४ को विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर १ अर्ब २५ करोड ३२ लाख ९१हजार ७० रुपैयाँमा कारोबार भएको छ ।
आजको बजार घटाईबारे बजार जानकार अजय सिंह थापा(जयसम्भु) भन्छन्, ‘बडादसैँको प्रेसर आज अन्तिम हो, भोलिबाट बजार सम्हालिन सक्छ, ब्याजदर घट्ने कुरा पनि छ, प्राविधिक रुपमा पनि १ हजार ८५० मा बलियो सपोर्ट देखिन्छ, आरएसआई ओभरसोल्ड जोनमा रहेको छ, त्यसकारण भोलिबाट लो भोलुमका साथ एउटा स्वींग आउने देखिन्छ ।’
उनका अनुसार विगतको दसैँलाई हेर्ने हो भने पनि बजार बढेको देखिन्छ ।त्यसैले बजारमा आशाबादी रहन सक्ने ठाउँ प्रशस्त  छ।
त्यसैगरी, अर्का बजार जानकार दामोदर गजुरेलले सोचेअनुसार ब्याजदर नघटेका कारण बजार बढ्न नसकेको बताउँछन् । 
उनी भन्छन्, ‘नेपाल राष्ट्र बैंकको नीतिमा पनि सोचेजस्तो सुधार भएन,त्यसकारण पनि अर्थतन्त्र चलायमान हुन नसकेको हो यद्यपि भोलिबाट बजार बाउन्सको सम्भावना भने देखिन्छ ।’
आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमा रातो पोतिएको छ । यो दिन सबैभन्दा बढी जीवन बीमा समूह २.०९ प्रतिशतले घटेको छ। त्यसैगरी होटल एण्ड टुरिजम समूह सर्वाधिक २.०४ प्रतिशतले घटेको छ। त्यसपछि हाइड्रो पावर समूह २.०२ प्रतिशतले घटेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन  प्रभु बैंकका संस्थापक सेयरको सर्वाधिक ६ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी हाथवे इन्भेष्टमेन्ट कम्पनीको ५करोड २७ लाखभन्दा बढीको  कारोबार भएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाखभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तथा सिद्धार्थ ग्रोथ स्किमका सेयरधनीहरुले धेरै कमाएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ७.८७ प्रतिशतले बढेको छ । सिद्धार्थ ग्रोथ स्किमकाको भने ७.३१ प्रतिशतले सेयरमूल्य बृद्धि भएको छ । यसैगरी यो दिन सुपर माई हाइड्रोपावरको सेयरभाउ ४.०४ प्रतिशतले उकालो लागेको छ ।
यो दिन हाथवे इन्भेष्टमेन्ट तथा सयपत्री हाइड्रोपावरका सेयरभाउमा नकारात्मक सर्किट लागेको छ । यो दिन यी दुबै कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन् ।
त्यस्तै नविल ब्यालेन्स फण्ड- २ का इकाई धनीको इकाई मूल्य ९.३१ र मिड सोलु हाइड्रोपावरको सेयरमूल्य ९.०६ प्रतिशतले ओरालो लागेको छ ।यसैगरी घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ८.७७ प्रतिशतले ओरालो लागेको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19