काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज साताको अन्तिम कारोबार दिनमा ड्रागन फ्लाई डोजी स्टार बनेको छ। (हेर्नुहोस् कालो एरो)
सेयर तथा सूचकको सुरु, अन्तिम तथा अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ड्रागन फ्लाई डोजी भनेर बुझिन्छ।
आजको दिनभरको कारोबारमा बजारले न्यूनतम विन्दु १८३३ सम्म आएको र बजार बन्द हुँदा एकपटक सकारात्मक भएर अन्त्यमा १८४४ मा बन्द हुँदा पुतलीको आकर अर्थात ड्रागन फ्लाई डोजी बनेको हो।
यदि घट्दो बजारमा यस्तो आकृति बनेमा बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। तर, कन्फर्मेसनका लागि बजारले अघिल्लो दिनको (बुधबार बनेको क्यान्डल ) भन्दा माथि गएर अब बन्ने क्यान्डल बन्द हुनुपर्नेछ। अर्थात बजार पुनः एकपटक १८६० भन्दा माथि बन्द हुन्छ भने उकालो यात्रा तय गर्दै गरेको बुझिन्छ।
म्याक्डी र आरएसआईमा भने बजार सामान्य नै रहेको देखिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago