काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा १५१.१६ प्रतिशतले बढाउन सफल भएको छ। 

चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ४ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ६० लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाका सञ्चालन मुनाफा ४१.६६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ करोड ५२ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ। 

यो अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत १३ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानीबापत संस्थाले ४ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको थियो। 

संस्थाले समीक्षा अवधिमा १ अर्ब २२ करोड सापटी लिई १ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ८४ करोड ६६ लाख रुपैयाँ सापटी लिई १ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको जगेडाको आकार १७४.६४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ करोड २३ लाख रुपैयाँ रहेको जगेडामा बढेर ६ करोड १२ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको चुक्तापुँजी २१ करोड ७७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष संस्थाको चुक्तापुँजी ७ करोड ३५ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १५.२३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २१.८२ रुपैयाँ रहेको ईपीएस घटेर १८.५० रुपैयाँमा झरेको छ। 
संस्थाको प्रतिसेयर नेटवर्थ १२८.१३ रुपैयाँ रहेको छ।