काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३२ करोड १२ लाख २५ हजार ५०० रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ६ करोड १० लाख ३२ हजार ८४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३२ लाख १२ हजार २५५ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।