काठमाण्डौ । साधना लघुबित्त बित्तीय संस्था लिमीटेडको छैठौं वार्षिक साधारण सभा १९ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको छ । 

सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा होटल गोरखाबिसौनीमा सम्पन्न भएको हो । 

सो सभाले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १९ प्रतिशतबोनश शेयर तथा २०७८/०७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी रु ३२,१२,२५,५०० कर प्रयोजनका लागि  १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०७९/०८० को बाह्य लेखा परीक्षण कार्यका लागि लेखापरीक्षक एस.डि एण्ड खएसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने, भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एकआपसमा गाम्ने/गाभिने तथा प्राप्ति /सहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमतिपत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्रबैंकमा निवेदन दिन, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी बिशेष प्रस्ताव पारित गरेको छ ।

वार्षिक साधारणसभालाई सम्बोधन गर्न हुँदै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले कथित संघर्ष समितिको आन्दोलनले कार्यक्रम सञ्चालनमा असहज भएता पनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ट प्रतिफल दिने साथै कार्यक्रमको गुणस्तर बृद्धि गरी ग्राहक सदस्यहरुलाई उत्कृष्ट बित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । 

हाल  यो बित्तीय संस्थाको ९३ वटा शाखा कार्यालयहरुमार्फत  १००,००० भन्दा धेरै घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ ।