काठमाण्डौ । साना किसान विकास बैंकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । 

यो बैंकको असोज ६ गते सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

हाल यो बैंकको चुक्तापूँजी  ५७ करोड ८० लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ७२.२५ करोडको उचाईमा पुुग्नेछ । यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा ३३ करोड ६ लाख खूद नाफा आर्जन गरेको थियो ।