काठमाण्डौ । साना किसान विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

मंसिर २१ गते सम्पन्न कम्पनीको २७९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष पनि यो बैंकले सेयरधनीलाई २५ प्रतिशत नै लाभांश वितरण गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साना किसान विकास बैंकले ७ करोड ९१ लाख  खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी हाल ४० करोड २४ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर वितरण र व्यवस्थापनपछि चुक्तापूँजी बढेर ५० करोड ३ लाख पुुग्ने बताइएको छ ।