काठमाण्डौ । कोरोना कहरबीच पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि आकर्षक लाभांश घोषणा गरेको छ।
संस्थाको आज मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा हाल कायम चुक्तापुँजी १ अर्ब २ लाख २९ हजार ४२५.६६ रुपैयाँको २५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशतले हुन आउने नगद लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago