काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १२.५१ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

संस्थाको सञ्चालन मुनाफा भने प्रथम त्रैमासमा १९ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा १९ करोड २४ लाख रुपैयाँ रहेको थियो । 
त्यस्तै संस्थाले खुद ब्याज आम्दानी २३ करोड ६ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष २१ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले १९ अर्ब ३४ करोड सापटी लिई १९ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १५ अर्ब ९३ करोड सापटी लिई १६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार २२.२१ प्रतिशतले बढाएको छ । गत वर्ष १ अर्ब ४८ करोड रुपैयाँ रहेको रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ६२ करोड ८८ लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७०.१२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३३१.०९ रुपैयाँ पुगेको छ ।