– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालका लघुवित्त वित्तीय संस्थामध्ये साना किसान विकास पनि एउटा हो। यो थोक लघुवित्त वित्तीय संस्थाका रुपमा रहेको छ। सन् २००१ जुलाई ६ मा स्थापित भएको यो लघुवित्तले आफ्नो कारोबार ७६ वटा जिल्लामा फैलाएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मसाना किसान विकास लघुवित्तको चुक्तापुँजी १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ रहेको छ। संस्थाको जगेडा कोषमा भने चुक्तापुँजीको करिब दुईगुणा ३ अर्ब ४ करोड २६ लाख रुपैयाँबराबर रहेको छ।
दोस्रो त्रैमाससम्म साना किसान विकास लघुवित्तले ४३ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५५.६१ रुपैयाँ रहेको छ। यो ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ प्रतिशतले बढी हो।
संस्थाको बुक भ्यालु २९४.४९ रुपैयाँ र रिटर्न अन इक्विटी बढ्दो क्रममा १८.८० प्रतिशत रहेको छ। यो लघुवित्तको खराब कर्जा भने १.३७ प्रतिशत रहेको छ। संस्थाले पछिल्लो १० वर्षमा वार्षिक औसत २५.५ प्रतिशत लाभांश दिएको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
साना किसान विकास लघुवित्त हाल स्ट्रङ बियरिस सेन्टिमेन्टमा रहेको छ। यसले यो लघुवित्तमा अधिक बिक्री दबाब रहेको बुझिन्छ। यो लघुवित्तको ५२ साताको उच्च मूल्य भनेको प्रतिकित्ता १२८९ रुपैयाँ र न्यून मूल्य भनेको ९८५ रुपैयाँ रहेको छ। हाल दोस्रो बजारमा १०२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यो लघुवित्तमा ७० प्रतिशत सेयर संस्थापक र ३० प्रतिशत सेयर सर्वसाधारणको रहेको छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
यो लघुवित्तको बोलिंगरअनुसार मूल्यरेखा ब्यान्डको तल्लो विन्दुबाट निरन्तर रुपमा खसेको छ। अप्पर ब्यान्ड र लोअर ब्यान्डबीचको दूरी क्रमिक रुपमा बढेको छ।
म्याक्डीमार्फत हेर्दा गत २३ जनवरीमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। आरएसाआई ओभर सोल्ड जोन २० बाट एकपटक फर्केर पुनः तल झरेको छ। यदि त्यहाँबाट फर्केर ‘डब्ल्यू’ आकार बनाउँछ भने त्यो अवसर हुन सक्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट: १०६९
घटेमा सपोर्ट
निष्कर्ष
हाल लघुवित्त वित्तीय संस्थाहरुमा विविध कारणले विक्री दबाब आएको छ। योसँगै यो लघुवित्तको सेयरभाउमा पनि भारी मात्रामा गिरावट आएको छ। यो लघुवित्तले लगातार १० वर्षसम्म लाभांश दिएको देखिन्छ भने औसत लाभांशदर २५ प्रतिशतभन्दा बढी रहेको देखिन्छ।
प्राविधिक रुपमा हेर्दा यो लघुवित्तमा फियर एन्ड ग्रिड मिटरमा स्ट्रङ बियरिस सेन्टिमेन्ट १० भन्दा तल गएको छ। आरएसआईमार्फत हेर्दा पनि यो लघुवित्तको सेयर ओभर सोल्ड जोनभन्दा तल झरेको छ। यस हिसाबले यो लघुवित्तमा अल्पकालीन तथा दीर्घकालिन रुपमा लगानी गर्न उपयुक्त देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19