काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५÷७६ का लागि लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको हिजो शनिबार भएको सञ्चालक समितिको बैठकले कुल २८.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजीको २७.२५ प्रतिशत बोनस सेयर र १.४३ प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।