काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ।
तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा २५.७५ प्रतिशतले बढाउन सफल भएको छ। यो त्रैमासमा संस्थाले ४३ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाले गत वर्ष यही अवधिमा ३४ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
तेस्रो त्रैमासम्म संस्थाको सञ्चालन मुनाफा ६५ करोड ५० लाख रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिमा ५४ करोड ३२ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७९ करोड ५० रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६५ करोड ४० लाख रुपैयाँ थियो।
यो त्रैमासमा संस्थाले १९ अर्ब ७९ करोड रुपैयाँ सापटी लिई २२ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १६ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई १९ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाको रिजर्भ २१.७२ प्रतिशतले बढेको छ। गत वर्ष १ अर्ब ५२ करोड रुपैयाँ रहेको रिभर्जमा बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५८ रुपैयाँ रहेको छ भने पीई रेसियो १७.०७४ गुणा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19