काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ।
संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते डोकेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि संस्थाले प्रस्ताव गरेको कुल कुल २६.३१ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने बोनस सेयर र १.३१ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्।
सभाले १३ औँ वार्षिक साधारणसबाट स्वीकृत भई हकप्रद सेयर निष्कासन गर्दा बिक्री हुन बााकी कुल १२ हजार ४४२ कित्ता सेयर लिलामीमा बिक्री गरी वित्तीय संस्थाको प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही पुस १६ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago