काठमाण्डौ । ठूला झै साना बैंक तथा बित्तीय संस्थाले समेत वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्दा नगदमै जोड दिन थालेका छन् । 

यही क्रमलाई निरन्तरता दिने पछिल्लो बित्तीय संस्था बनेको भार्गव विकास बैंक । 

यो बैंकको पुस २० गते साँझ बसेको संचालक समितिको १८९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले सेयरधनीलाई ३ करोड ९६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नुपर्नेछ । 

नियामक नेपाल राष्ट्रबैंकले स्वीकृत गरेपछि र कम्प्नीको वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।