काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले राष्ट्रबैंकले लिएको मर्जर नीतिप्रति ऐक्यबद्धता जनाउँदै लिखित प्रतिबद्धता पेश गर्ने भएको छ।
हालै सम्पन्न संचालक समितिको बैठकमा राष्ट्रबैंकले दिएको निर्देशनको विषयमा भएको छलफलमा अधिकांश संचालकहरुले राष्ट्रले लिएको नीतिलाई साथ दिनुपर्नेमा सहमति जनाएका थिए ।
सो क्रममा संचालकहरुले क वर्गका बैंकसँगै ख र ग वर्गका बैंकको प्राप्तिमा समेत ध्यान दिनुपर्ने विचार व्यक्त गरेका स्रोतको भनाई छ ।
‘हामी अधिकांश संचालकहरु क वर्गका ठूला बैंक वा ‘ख’ र ‘ग’ वर्गका संस्थालाई गाभेर ठूलो बैंक बन्ने विषयमा सहमत भयौ ।’ बैंकका एक संचालकले बिजशालासँग भने–‘क’ वर्गको बैंकसँगै साना र राम्रा संस्था समेत उठाउने विषयमा संचालकबीच सहमति देखियो ।’
संचालक समितिले क वर्गको सँगै ‘ख’ र ‘ग’ वर्गका संस्थालाई गाभेर ठूलो आकार बनाउने निर्णयको कार्यान्वयनकै लागि सिटिजन्स बैंकले साउन पहिलो साताभित्र दुईवटा साना बैंकसँग प्राप्तिको सम्झौता गर्ने स्रोतको दाबी छ । ती दुई बैंक कुन क्षेत्रका हुन् भन्ने विषय भने खुलाइएको छैन ।
सिटिजन्स बैंकले राम्रा र साना बैंक उठाएर आफ्नो उपस्थिति कमजोर भएको ठाउँमा प्रभाव जमाउने रणनीति लिएको एक संचालकले बताए ।
सिटिजन्स बैंकले यो वर्ष लगानीकर्तालाई राम्रो लाभांश दिने योजना समेत बनाएको छ । सकेसम्म राम्रो लाभांश इतिहास भएका र वित्तीय रुपमा स्वस्थ साना बैंकलाई उठाउने पक्षमा यो बैंक रहेको देखिन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19