काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफा बढाएर १ अर्ब नजिक पुर्याएको छ ।
बैंकले अघिल्लो वर्षको यही अवधिमा ८० करोड ८३ लाख रहेको यस्तो नाफा बढाएर ९४ करोड ९९ लाखको उचाई चुमाएको हो ।
समीक्षा अवधिमा बैंकको खूद नाफा ९८ करोड माथि पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ८३ करोडमा सीमित थियो ।
सानिमा बैंकले १ अर्ब १७ करोडमा सीमित संचालन मुनाफामा १८.६४ प्रतिशतले बढोत्तरी गर्दै १ अर्ब ३९ करोडको उचाई चुमाएको छ ।
व्यवसाय बिस्तारमा आक्रामक मूभका कारण बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर १ अर्ब ९० करोडको उचाईमा पुगेको हो ।
समीक्षा अवधिमा बैंकले ८५ अर्ब ६८ करोड निक्षेप संकलन गरी ७७ अर्ब २२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २५.०८ प्रतिशतले बढाएको बैंकले कर्जामा २६.११ प्रतिशतको वृद्धि गरेको देखिएको छ ।
बैंकले अघिल्लो वर्ष २ अर्ब ३ करोडमा सीमित रिजर्ब बढाएर २ अर्ब ६४ करोड पुर्याएको छ ।
अघिललो वर्ष ०.०३ प्रतिशत रहेको खराब कर्जा ७०० प्रतिशतले बढी ०.२४ प्रतिशत पुगेको छ ।
नाफामा बढोत्तरीका कारण अघिल्लो वर्षको तुलनामा वार्षिकीकृत प्रतिसेयर आम्दानी करिब १९ प्रतिशतले बढी २४ रुपैयाँ ६२ पैसा पुगेको हो । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३.०४ रुपैयाँ कायम भएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago