काठमाण्डौ । आईपीओ निष्कासन गर्ने मुख्य अजेन्डासहित सानिमा लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको गत वैशाख ३१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुने हुनेछ।
सभाले धितोपत्र दर्ता गरी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीको प्रबन्धपत्रको दफा ४(१) तथा नियमावलीको नियम २७, ३१ र ३७ मा प्रस्ताव भएबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण, वासलात, नाफा–नोक्सान हिसाबजस्ता महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19