काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक चयन भएका छन्।
वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालकमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना निर्वाचित भएका हुन्। संस्थापक समूहबाट कुनाल कयाल, दिलीप श्रेष्ठ र मिता मुरारका अग्रवाल तथा सर्वसाधारण समूहबाट हेमन्तकुमार दवाडी, प्रकाशमान श्रेष्ठ र सरस्वती गौतम(ज्ञवाली) सञ्चालकमा चयन भएका हुन्।
सभाले कम्पनीको आर्थिक वर्ष २०७८–७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०७९–८०का लागि बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक एन अमात्य एन्ड कम्पनीलाई चार्टर्ड अकाउन्टेन्टसको नियुक्तिको प्रस्ताव पनि पारित गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago