काठमाण्डौ । सानिमा बैंक लिमीटेडले वार्षिक साधारणसभा(एजीएम)को मिति घोषणा गर्दै त्यसका लागि बुक क्लोजको मिति समेत तोकेको छ । 

बैंकको मंसिर ४ गते बसेको संचालक समितिको बैठकले १४ औं वार्षिक साधारणसभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो । 

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

यसको अर्थ यो बैंकको साधारणसभा सहभागी हुन, बैंकले घोषणा गरेको १४ प्रतिशत लाभांश पाउन मंसिर १३ गतेभित्र यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ ।

बैंकको साधारणसभामा यसअघि प्रस्तावित १४ प्रतिशत नगद लाभांश लगायतको प्रस्ताव पारित गरिनेछ ।